सुनको मूल्यमा वृद्धि, चाँदीको स्थिर

काठमाडौं,२० फागुन । शुक्रबार सुनको मूल्य प्रतितोलामा ९०० रुपैयाँका दरले बढेको छ । आज छापावाल सुनको भाउ तोलाको ९९ हजार ९०० रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाल सुन तोलाको ९९ हजारमा कारोबार भएको थियो । यसैगरी आज तेजावी सुनको भाउ तोलाको ९९ हजार ४०० निर्धारण भएको छ ।

चाँदीको मुल्य भने स्थिर छ । बिहीबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति