विप्लवसहित पाँच दलले आज उपत्यकामा प्रदर्शन गर्दै

काठमाडौँ, २० फागुन । अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएको विरोधमा शुक्रबार पाँच दलले राजधानीमा प्रदर्शन गर्दैछन् ।

संसद बाहिर रहेका साना ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले संयुक्त रुपमा प्रदर्शन गर्न लागेका हुन् । संयुक्त आन्दोलनको घोषणा गरेका दलले पहिलो कार्यक्रम प्रदर्शनको तयारी गरेका हुन् ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पाटी (मसाल), मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र र कर्णजित बुढाथोकी ‘सुशील’ नेतृत्वको नेपाल कम्युनिस्ट पाटी माओवादी समाजवादीले संयुक्त रूपमा प्रदर्शनको तयारी गरेका हुन् । संयुक्त विज्ञप्तिमा शुक्रबारदेखि चैत ६ गतेसम्मका कार्यक्रम सार्वजनिक गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति