काठमाण्डौ, १९ फागुन । धावनमार्ग भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् क्यालिब्रेशन फ्लाइटका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान अस्तव्यस्त भएको छ ।
क्यालिब्रेशन फ्लाइटका कारण धेरै जहाज आकाशमै होल्ड भएका छन् । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुने जहाज आकाशमै घुमिरहेका छन् । कतार एअरवेजको एउटा जहाजले १७ पटकभन्दा धेरै ललितपुरमाथिको आकाशमा फन्का लगाएको छ । कतारकै अर्को जहाज पनि आकाशमै घुमेको छ भने भारतबाट आएको विस्तारा एअरलाइन्सको जहाजले पनि फन्का लगाएको छ । केही आन्तरिक जहाज घुमिरहेका छन् भने केही डाइभर्ट भएका त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
प्रतिक्रिया