काभ्रेली युवा श्रेष्ठ अर्काे प्रस्तुती मुरली बज्यो तिरिरी

काठमाण्डौ, १९ फागुन । थुप्रै सदाबहार गीत संगीतहरु बजारमा ल्याइसकेका काभ्रेली युवा गायक आर. के श्रेष्ठले पुनः अर्को गीत सार्बजनिक गरेका छन् । गीतकाे बोल “मुरली बज्यो तिरिरी” रहेको छ ।

उनका यस भन्दा पहिलेका सांगीतिक प्रस्तुतीले पनि प्रसंसा बटुलेका थिए । भर्खरै सार्बजनिक भएको”मुरली बज्यो तिरिरी” बोलको गीतलाई अष्ट लामाले संगीत भरेका हुन् भने शब्द रमेश अधिकारीको रहेका छन् । श्रेष्ठले नै स्वर बद्ध गरेकाे यस गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको बताएका छन् । भिडियोमा आनन्द गुरुङ्ग लक्ष्मी गुरुङ्ग र राजेश श्रेष्ठको अभिनय रहेकाे छ । भिडियोलाई निर्देशन शिब बि.क. ले गरेका हुन् भने छायांकन मधुर बस्नेत, शम्भु चालिसे र सम्पादन मेक बहादुर थापाले गरेका छन् भने याे गीतलाई युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board