इलामको प्याङमा फेला परेको घाइते चितुवाको उद्धार

फागुन, काठमाडौं । इलामको माइजोगमाई–६ प्याङमा घाइते अवस्थामा फेला परेको चितुवाको उद्धार गरिएको छ ।

एक खोल्सीमा चितुवा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सव डिभिजन कार्यालय नयाँ बजारलाई जानकारी गराएपछि त्यहाँको आएको टोलीले गएराति ती चितुवालाई उद्धार गरी डिभिजन वन कार्यालय इलाममा ल्याइएको थियो ।

घाइते चितुवाको उपचार, पुनःस्थापनाका लागि कोसीटप्पु वन्यजन्तु आरक्षमा पठाइएको जिल्ला वन कार्यालय इलामका प्रमुख इन्द्रमणि भण्डारीले जानकारी दिए । उनका अनुसार चितुवाको शरीरमा घाउसमेत देखिएको बताइएको छ । मानिसले नै घाइते बनाएको वा अन्य वन्यजन्तुले घाइते बनाएको सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति