सैनिक सहचारीहरूद्वारा जंगी अड्डा भ्रमण

काठमाडौं, १८ फागुन । आमन्त्रित आवासीय तथा गैर–आवासीय सैनिक सहचारीहरूको भ्रमणदलले बुधबार सैनिक मूख्यालय जंगी अड्डाको भ्रमण गरेको छ ।‘सेना दिवस–२०७८’ को अवसरमा जंगी अड्डामा आयोजित कार्यक्रममा युद्धकार्य निर्देशनालयले उक्त भ्रमणदललाई नेपाली सेना सम्बन्धि विषयहरुमा प्रस्तुतिकरण गरेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रस्तुतिकरणपछि प्रधानसेनापति प्रभुराम शर्माले उक्त भ्रमणदलका सैनिक सहचारीहरूसँग भेटवार्ता गरेका थिए ।

उक्त भ्रमणदलमा चीन, भारत, पाकिस्तान, बेलायत र संयुक्त राज्य अमेरिका गरी पाँच देशका आवासीय सैनिक सहचारीसहित बंगलादेश, क्यानडा, रसिया, फ्रान्स, जर्मनी, इन्डोनेसिया, ईटाली, ईजरायल, मेक्सिको, नाईजेरिया, म्यानमार, फिलिपिन्स, पोल्याण्ड, कोरिया, टर्की, सेनेगल, सुडान, युक्रेन, जाम्बिया, रोमानिया र स्वीजरल्याण्ड गरी २१ देशका गैर आवासीय सैनिक सहचारीहरू सहभागी थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति