जबर्जस्ती करणी आरोपमा पक्राउ परेका एमाले सांसद बानियाँलाई पाँच दिनको म्याद थप

काठमाडौं , १८ फागुन । जबर्जस्ती करणीको आरोपमा नेपालगञ्ज विमानस्थल राँझाबाट प्रहरी नियन्त्रणमा परेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई बाँके प्रहरीले बुधबार पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जबरजस्ती करणीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका संसद बानियाँलाई बुधबार पाँच दिनको म्याद थप गरेको जानकारी दिए । बानियाँविरुद्ध जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी बाँकेमा उजुरी परेसँगै बेपत्ता रहेका थिए । प्रहरीले बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । बाँके प्रहरी हिरासतमा रहेका बानियाँ मधुमेहलगायतको समस्या भएकोले उनलाई अलग्गै राखेको जनाएको छ ।

सांसद बानियाँले नेपालगञ्जको होटलमा जबर्जस्ती करणी गरेको भन्दै ४० वर्षीया पीडित महिलाले गत २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । त्यसपछि सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भई प्रहरीले खोजी गरेकै बेलामा उनी काठमाडौँबाट नेपालगञ्ज आएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board