एमाले सांसादहरुको नाराबाजीबीच प्रतिनिधिसभामा सूचना आयोगको प्रतिवेदन पेस

काठमाडौं, १८ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन पेस भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेस गरेका हुन् । बैठकको प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले गरेका विरोध र नाराबाजीबीच बैठक सञ्चालन भएको थियो ।

एमालेले संसद्को चालु अधिवेशनदेखि विरोध र नाराबाजीका साथ ‘वेल’ घेराउ गर्दै आएको छ । प्रतिनिधिसभाको अर्काे बैठक यही फागुन २२ गते दिउँसो १ बजे बस्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति