प्रधानमन्त्री शेरबहादुर देउवा र विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता

काठमाडौं ,१८ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । उनीहरुबीच मङ्गलबार राति नेपालको गरिबी निवारण, विकास, जलवायु परिवर्तनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

टेलिफोन वार्ताबारे ट्वीटमार्फत जानकारी दिँदै प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन, “हामी हाम्रो प्रगतिका लागि ७५ वर्षको निरन्तर अमेरिकी समर्थनको कदर गर्छौँ । हामीले युक्रेनमा रुसको आक्रमण र युक्रेनको सार्वभौमसत्ताप्रतिको हाम्रो समर्थनबारे पनि छलफल गर्यौ ।”

सो अवसरमा विदेशमन्त्री ब्लिन्केनले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)मा अघि बढ्न नेपालले गरेको निर्णयले विद्युतीय प्रसारण लाइन र सडक परियोजनासँगै रोजगारी सिर्जना, पूर्वाधार निर्माण तथा नेपाली नागरिकको जीवनस्तर उन्नतिमा भूमिका खेल्ने बताएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति