अमेरिकी आकाशमा पनि रुसी जहाजमाथि प्रतिबन्ध

काठमाडौं ,१८ फागुन । अमेरिकाले पनि आफ्नो आकासमाथि रुसी जहाजमा प्रतिबन्ध लगाएको छ । कांग्रेसमा सम्बोधन गर्ने क्रममा राष्ट्रपति जो बाइडेनले अमेरिकाले रुसी जहाजलाई आफ्नो आकाशमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् ।

यसअघि अमेरिका कै जहाज निर्माता कम्पनी बोइङले रुसी एअरलाइन्सहरुलाई कलपुर्जा बिक्री, मर्मतसम्भार र प्राविधिक सहयोग उपलब्ध नगराउने घोषणा गरिसकेको छ । यसअघि अमेरिकाको उत्तरी छिमेकी क्यानाडा र युरोपेली युनियनले पनि रुसी जहाजलाई उड्न नदिने घोषणा गरिसकेका छन् ।

युक्रेनमाथि आक्रमण गरेपछि रुसमाथि पश्चिमा मुलुकहरुले नाकाबन्दी र प्रतिबन्ध लगाउने क्रम जारी रहेको अवस्थामा बाइडेनले पछिल्लो घोषणा गरेका हुन् ।गत सोमबार मात्रै क्यानाडाले रुसबाट कच्चा तेलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति