रौतहटमा करेन्ट लागेर एक वृद्धको मृत्यु

काठमाडौं , १८ फागुन । रौतहटस्थित आफ्नै मकैबारीमा मोटरबाट पानी पठाउने क्रममा करेन्ट लागेर एक जना वृद्धको ज्यान गएको छ । स्थानीय कटहरिया नगरपालिका २ हंथियाही गाउँछेउ मकै बारीमा मोटर बाट पानी पठाउने क्रममा करेन्ट लागेर स्थानीय वर्ष ६२ का हरिनारायण राउत बरैको मृत्यु भएको हो ।

स्थायी प्रहरी चौकी छेदिचौकका प्रमुख असई गणेश यादवका अनुसार बुधबार बिहान साढे ७ बजे मोटर स्टार्ट गरेर पानी पटाउने क्रममा बरैले मोटरको बाँधिएको तार देब्रे हातले सिधा पार्न खोजेका थिए । उक्त तारमा काटिएको ​ठाउँबाट हातमै करेन्ट लागेर बरैको घटनास्थलमा मृत्यु भएको असई यादवले जानकारी दिएका छन् ।

मृतकको शव पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board