सुन्सरीमा ट्र्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु

८ फागुन, काठमाडौं । सुन्सरीमा जिल्लाको गढी गाउँपालिका–६ मझौस्थित रामजानकी मन्दिरको प्राङ्गणमा ट्र्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

ठक्करबाट स्थानीय ७० वर्षीय हरिलाल मगरदैता यादवको मृत्यु भएको हो । प्र१–०२–००३त १०३३ नंको ट्र्याक्टरले यादवलाई गए राति ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति