निर्वाचन आयोगले सरकारलाई भन्यो वैशाख १० सम्म पूर्ण खोपको व्यवस्था गर

काठमाडौं, १७ फागुन । निर्वाचन आयोगले स्थानीय चुनावका लागि १० वैशाखसम्म कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।आयोगको सोमबार बसेको बैठकले ३० वैशाखका लागि घोषित स्थानीय चुनावलाई ध्यानमा राखेर यस्तो निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार, हालसम्म कोभिड(१९ खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या कुल जनसङ्ख्याको ७३।९ प्रतिशत छ। त्यस्तै, ५९.९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्।१८ वर्षभन्दा माथिका ९१।५ प्रतिशतले खोपको पहिलो मात्रा लगाइसकेका छन्। यो समूहमा पूर्ण मात्रा खोप लगाउनेहरू ७८.९ प्रतिशत छन्। त्यसै गरी ११ वर्ष भन्दामाथि पहिलो मात्रा लगाउने ८९ प्रतिशत छन् भने दुवै मात्रा लगाउने ४८ प्रतिशत छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति