एमसीसी सम्झौता गर्दा एमालेसँग कुनै परामर्श गर्न आवश्यक ठानिएन : ओली

१७ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले एमसीसी राष्ट्रघाती हो भन्दै आफ्ना नेता तथा कार्यकर्ता सडकमा उचालेर फेरि राष्ट्र एकताका लागि एमसीसी पास गराएको भन्नु लज्जास्पद भएको बताएका छन् ।

‘एमसीसी राष्ट्रघाती हो कि होइन भनि कुरा स्पष्ट गर्नुपर्छ, राष्ट्रघाती भन्दै बाटो भत्काउन लगाए, विपक्षी दलको गाडीमा ढुंगा हान्न लगाए । अहिले आएर राष्ट्रिय एकताको कुरा कहाँबाट आयो ?,’ भन्ने प्रश्न गर्दै उनले सभामुखको पद जाने माधवकुमार नेपालको पद जाने डरले उनीहरुले बहाना बनाएर एमसीसी पास गराएको आरोप लगाए ।

‘हामी एमसीसीको बारेमा संसदमा बहस गर्न चाहन्थ्यौं तर हामीमाथि ज्यादती भयो,’ उनले भने ।अपराधिक कृयाकलापमा लागेकालाई पार्टीबाट निष्काशन गर्दा पनि सूचना ननिकालेको आरोप लगाउँदै उनले आफूहरुले त्यसको विरोधमा संसदमा अवाज उठाउँदा पेलेर जाने कार्य भएको बताए लगाए ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यष ओलीले सांसदभन्दा दुई चार गुणा प्रहरी राखेर सभामुखले गर्व महसुस गरेर खुरुखुरु संसद सञ्चालन गरेको टिप्पणी गरे । जुन प्रस्ताव संसदमा प्रस्तुत भयो त्यो कानुन सम्मत नरहेको बताउँदै उनले कानुनअनुसार कुनै एउटै अधिवेशनमा प्रस्तुत भएको प्रस्ताव त्यही अधिवेशनमा छलफल गर्नुपर्ने प्रावधन रहेको जिकिर गरे । तर तीन वर्ष अगाडि पेस भएको मृत्त प्रस्तावमाथि तथाकथित रुपमा गैरकानुनी रुपमा छलफल गराएको उनको आरोप छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति