स्थानीय तह निर्वाचनमा जसपाको तर्फबाट अशोक राईको हस्ताक्षर चल्ने

काठमााडौं, १७ फागुन । जनता समाजवादी पार्टी ९जसपा० मा स्थानीय तहको निर्वाचनको लागि वरिष्ठ नेता अशोक राईको हस्ताक्षर चल्ने भएको छ।

जसपाको जारी कार्यकारिणी बैठकले निर्वाचन आयोगमा अशोक राईको हस्ताक्षर चल्ने गरी दल दर्ताको निवेदन दिने निर्णय गरेको हो। त्यो निर्णय अनुसारको निवेदन आयोगमा दर्ता भइसकेको जसपा कार्यकारिणी सदस्य प्रकाश अधिकारीले सेतोपाटीलाई बताए।

हाम्रोमा पार्टी अध्यक्षले नै हस्ताक्षर गर्ने भन्ने छैन। कुनै चुनावमा पार्टीका महासचिवको हस्ताक्षर चल्ने बनाइएको थियो। एक पटक मेरै हस्ताक्षरले चलेको थियो,उनले भने, यसपटक अशोकजीको हस्ताक्षर चल्ने बनाइएको हो। जसपाले निर्वाचनका आयोगमा सम्पर्क व्यक्तिको रूपमा गंगानारायण श्रेष्ठ र प्रकाश अधिकारीलाई खटाएको छ। श्रेष्ठ संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईनिकट हुन् भने अधिकारी यादव निकट हुन्।

एक कार्यकारिणी सदस्यका अनुसार यादवले आयोगमा आफ्नो हस्ताक्षर चलाउन प्रस्ताव गरेका थिए। तर भट्टराई पक्षले नमानेपछि राईको नाममा सहमति भएको हो।

भट्टराई र यादवबीचको विवादमा राई तटस्थ देखिएका छन्। भट्टराई पक्षले भने राई आफूहरूसँग रहेको दाबी गर्दै आएको छ। निर्वाचनका लागि टिकटमा विवाद भएमा मिलाउनका लागि यादव, राई र भट्टराई रहेको समिति समेत जसपाले गठन गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति