काठमाडौं, १७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्दा सभामुखले बलमिच्याईं गरेको बताएका छन् । संसदको एउटा अधिवेशनमा पेश भएको प्रस्ताव त्यो अधिवेशनमा अघि बढेन भने अर्को अधिवेशनमा फेरि ल्याउनुपर्ने भएपनि एमसीसीमा त्यसो नगरिएको उनले बताए । उनले अघि भने, ‘मृत प्रस्तावलाई तथाकथित रुपमा ब्यूँताएर सभामुखले असंवैधानिक र गैर कानुनी काम गराउनुभयो ।’
‘मृत प्रस्तावलाई ब्यूँताएर सभामुखले फेरि असंवैधानिक काम गरे : ओली
प्रतिक्रिया