कोइला खानीमा भएको विस्फोटमा परी १३ जनाको मृत्यु

१७ फागुन, काठमाडौं । कोलम्बियामा भएको खानी दुर्घटनामा परी ज्यान जानेको संख्या १३ पुगेको छ । यहाँको उत्तरी क्षेत्रमा पर्ने ला चापा भन्ने स्थानमा रहेको एक कोइला खानीमा शनिबार विस्फोट भएको थियो ।

सो विस्फोटमा परेर ज्यान जाने व्यक्तिको संख्या १३ पुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार सो क्षेत्रमा रहेको खानीमा यसअघि पनि विस्फोट भएर कैयौँ नागरिकको ज्यान गएको थियो ।

खानी भित्र रहेको ग्याँस विस्फोटमा परेर त्यहाँ कार्यरत मजदुरको ज्यान गएको बताइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board