घटयो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१७ फागुन, काठमाडौं । सुनको भाउ मंगलबार प्रतितोलामा ६०० रुपैयाँको दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ६०० रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाल सुन तोलाको ९८ हजार २०० रपैयाँमा कारोबार भएको थियो । यसैगरी मंगलबार तेजावी सुनको भाउ तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँको दरले घटेको छ । सोमबार एक हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ३३५ रुपैयाँमा निर्धारण भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति