रुसी सैनिकका बख्तरबन्द गाडीहरूको ४० माइल लामो लस्कर किएभतर्फ अगाडि बढ्दै

काठमाडौं, १७ फागुन । रुसले युक्रेनमा आक्रमण सुरु गरेको छैठौँ दिन रुसी सेनाहरुले युक्रेनका राजधानी किएभतर्फ अगाडि बढिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

राजधानी किएभ आसपासमा तीन दिनदेखि भिषण संघर्ष भइरहेको छ । अहिलेसम्म रुसी सैनिक राजधानी भने नियन्त्रणमा लिन सकेका छैन । युक्रेनी सैनिक तथा सर्वसाधारणले रुसी सैनिक डटेर प्रतिरोध गरिरहेका छन् ।आज छैठौं दिन रुसी सैनिकका बख्तरबन्द गाडिहरु करिब ४० माइल लामो लस्कर लिएर अगाडि बढिरहेको भूउपग्रहमा देखिएको बीबीसीले जनाएको छ ।रुसी सेनाको आक्रमणमा परी पूर्वोत्तर युक्रेनको ओख्तिर्का नगरमा आइतवार झन्डै ७० युक्रेनी सैनिकको ज्यान गएको एक स्थानीय अधिकारीले बताएका छन्।सुमी क्षेत्रमा प्रशासक दिमित्रो जिभिट्स्कीका अनुसार रुसी हमलाबाट एउटा सैन्य एकाइ ध्वस्त भएको छ। उद्धारकर्ता तथा स्वयंसेवकहरूले भग्नावशेषबाट शवहरू निकाल्ने प्रयास गरिरहेको उनले बताएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति