गर्भवती श्रीमतीको हत्या गरेको भन्दै आफन्तद्वारा प्रदर्शन

काठमाडौं १७ फागुन । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ५ खावा घर भएकी २२ बर्षिया स्वस्तिका तिमल्सिनाको हत्या गरेको अभियोगमा श्रीमान जयराम घिमीरे पक्राउ परेका छन् । सङ्गै बाच्ने सङ्गै मर्ने कसम खाएर बिबाह बन्धन मा जोडिएका घिमीरेले आफ्नै ७ महिनाकी गर्भवती श्रीमतीको हत्या गरेका हुन् ।

२०७८ बैशाख २४ गते विवाह भएकी नातिनीको हत्या गरिएको भन्दै आफन्तले प्रदर्शन समेत गरेका छन् । स्वस्तिका र जयरामको मागी विवाह भएको थियो । स्वस्तिका ७ महिनाकी गर्भवती थिईन् । पीडितका आफन्तले श्रीमान् जयराम घिमिरेले कुटपिट गरेर हत्या गरी घटना लुकाउन घर नजिकै रहेको कुखुरा फर्ममा लगेर झुन्डाएको आरोप लगाएका छन् । स्वस्तिकाको माइती पनौती नगरपालिका वडा नम्बर ९ का छिमेकी सुरज हुमागाईँले आफू घटनास्थल पुग्दा स्वस्तिकालाई मारेर झुन्डाएको जस्तो देखिएको बताए । पीडितले हत्यारालाई कारबाहीको माग गर्दै श्रीमान् विरुद्ध किटानी जाहेरी दर्ता गरेका छन् ।

घटनाका बारेमा अनुसन्धान गर्न मृतक स्वस्तिकाका श्रीमान् जयराम घिमिरेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले बताए । आफन्तहरूले शव बुझेर पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । हत्या वा आत्महत्या अनुसन्धानबाट खुल्नेछ जोशीले बताए । आफन्तका अनुसार मृतक स्वस्तिकाले हरेक दिन राति माइती घरका हजुरबुबा हेमनाथ तिमल्सिनालाई फोन गर्ने गर्थिन । घटनाको अघिल्लो दिन अथार्थ फागुन १४ गते राति ११ बजे स्वस्तिकाका श्रीमान् जयरामले हेमनाथलाई फोन गरेका थिए । हेम नथाले नातिनीलाई कुरा गर्न फोन दिनु भन्दा निदाएको छ भनेकाले घटना त्यही बेला भइसकेको हुन सक्ने परिवारको आशंका छ ।

मृतक स्वस्तिकाको आँखा मुनी गालामा गहिरो घाउ देखिन्छ । शरीरका केही भागमा नीलडाम समेत रहेकाले घटना कर्तव्य हुन सक्ने आशंका गर्दै किटानी दिएको आफन्त उद्धव तिम्सिनाले बताउनु भयो । हत्या अभियागमा आशंका भएकालाई तत्काल कारबाहीको माग गर्दै आफन्तले आइतबार फागुन १५ गते साँझ मात्रै शव उठाउन दिएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board