आज एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै

काठमाडौं, १७ फागुन । बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा संसदमा बोल्न नपाएको नेकपा (एमाले)ले पत्रकार सम्मेलन मार्फत आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंले पत्रकार सम्मेलन गरेर एमसीसी लगायत पछिल्लो राष्ट्रिय राजनीतिका विषयमा पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्न लागेका हुन । एमाले केन्द्रीय प्रचार विभागका प्रमुख विष्णु रिजालका अनुसार दिउँसो १ बजे जर्मन हाउस पार्टी प्यालेस भक्तपुरमा पत्रकार सम्मेलन हुनेछ । एमालेले सबै सञ्चारमाध्यमका प्रतिनिधिलाइ पत्रकार सम्मेलनमा निम्तो दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति