पाल्पामा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु

१६ फागुन, काठमाडौं । पाल्पा रम्भा गाउँपालिका–१ हुँगीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लु ७ प ५०३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा हुँदा रम्भा गाउँपालिका–१का १७ वर्षीय सन्दीप न्यौपानेको मृत्यु भएको हो ।

न्यौपानेको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको प्रहरीले जनाएको छ। हुँगीबाट हुँदै रामपुरतर्फ जाँदै गरेको भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने रामपुर नगरपालिका–१० का २५ वर्षीय उमाकान्त चापागाईँ घाइते भएको प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । दुर्घटनाका वारेमा प्रहरीले थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति