एमसीसीले प्रचण्ड र माधवको अवसरवाद उदाङ्गो पारिदियो : प्रदीप ज्ञवाली

काठमाडौं, १६ फागुन । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको अवसरवाद उदाङ्गो पारेको बताएका छन् ।प्रेस चौतारी नेपाल कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री ज्ञवालीले प्रचण्ड र नेपाल सत्ताका लागि जुनसुकै हदसम्म जान तयार रहेको कुरा एमसीसीले पुष्टि गरिदिएको बताए ।

“उहाँहरु ९प्रचण्ड र नेपाल० एमसीसी ठिक छ त्यसैले स्वीकार गर्‍यौँ भन्न सक्नुहुन्न । कांग्रेसले एमालेसँग मिलेर सभामुख हटाउने र एमालेले कारबाही गरेका १४ सांसद्लाई पदच्युत गर्ने भएकाले समर्थन गरेको भन्नुहुन्छ,” उनले भने,“दुवै नेताकै कारण आज एमसीसीमा अमेरिका र चीन आमनेसामने हुने अवस्था पनि सिर्जना भयो ।”

अहिलेको सरकारले बाह्य शक्तिहरुमा समेत ठुलो असन्तुलन ल्याएको बताउँदै एमालेले आगामी चुनावबाट अवसरवादी गठबन्धनलाई परास्त गरेर सबै हिसाबकिताब चुक्ता गर्ने दाबीसमेत गरे ।

एमलेकै दबाबका कारण सरकार स्थानीय तहको चुनावको मिति घोषणा गर्न बाध्य भएको उल्लेख गर्दै उनले सबैलाई चुनावको तयारीमा लाग्न आह्वान पनि गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति