एमसीसी स्थगन गरौं, जनतालाई आश्वस्त बनाऔं – लिङ्देन

काठमाडौ, १५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसी अनुमोदन प्रस्ताव स्थगन गर्न माग गरेका छन् ।प्रतिनिधिसभा बैठकमा एमसीसीमाथिको छलफलमा भाग लिदै अध्यक्ष लिङदेनले जनता आश्वस्त नभएसम्मका लागि एमसीसीलाई स्थगन गर्नुपर्ने बताएका हुन् ।

‘यो केबल आर्थिक सहायताको विषयमात्रै होइन । नेपाली जनता यस विषयमा विभाजित भएकोले यसलाई स्थगन गरेर नयाँ ढंगले जान सरकारसँग प्रस्ताव गर्छु’, लिङदेनले भने ।उनले एमसीसीलाई संसदको प्राविधिक प्रक्रियामात्रै पुर्‍याएर पारित गर्ने हतारो गर्न नहुनेमा जोड दिए ।

‘यथास्थितिमा यसलाई पारित गर्नु भनेको देशलाई अझ द्वन्द्वमा लैजाने विषय हो । संसदका सबै निर्णय ठीक हुन्छ भन्ने हुँदैन । त्यसैले यस विषयमा सबै राजनीतिक दलहरु गम्भीर बन्नुपर्छ’, उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति