आज पनि बानेश्वरमा प्रदर्शन, पानीको फोहोरा र अश्रुग्यास

काठमाडौं, १५ फागुन । एसमिसीको विरोध गर्दै भएको प्रदर्शनले आज पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। राप्रपा, माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपाका भातृ संगठनका कार्यकर्ताहरू एमसिसीको विरोध गर्दै प्रदर्शनमा उत्रिएका हुन्।प्रदर्शनकारीले सुरक्षा घेरा नाघेर प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले जवाफी कारबाहीस्वरूप पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ।भिड नियन्त्रणका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति