अभिनेता पल शाह पक्राउ

काठमाडौं, १५ फागुन । अभिनेता पल शाह पक्राउ परेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ।

शाहले आज फेसबुकबाट आफैं प्रहरीमा उपस्थित हुने घोषणा गरेका थिए । यद्यपि, कुन प्रहरीमा भन्ने खुलाएका थिएनन् । उनीमाथि तनहुँ जिप्रकामा जाहेरी परेका कारण त्यहीँ गिरफ्तारी दिन इच्छा देखाएपछि प्रहरीले ‘कन्सिडर’ गरेको स्रोतको भनाइ छ । स्रोतका अनुसार उनले तनहुँबाटै सो स्टाटस पोष्ट गरेका थिए ।‘काठमाडौंमा गिरफ्तारी दिँदा युट्यूवरले तमासा गर्ने भएकाले पनि उहाँ तनहुँ जानुभएको हो,’ स्रोतले भन्यो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति