बालकोटमा प्रधानमन्त्री देउवा आज नजाने

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा आज बालकोट नजाने भएका छन्। बालकोटमा कांग्रेस र एमालेका शीर्ष नेताहरूको छलफल नटुंगिएकोले आज प्रधानमन्त्री देउवा आउने सम्भावना टर्दै गएको एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

अहिले पनि छलफल जारी नै छ’, सचिवालयले भन्यो,‘ त्यसैले आज प्रधानमन्त्री देउवा आउने सम्भावना टरेको हो।’दिउँसो ३ बजे नै देउवा र ओलीबीच भेट हुने भनिएको थियो। तर, कांग्रेस नेताहरू आन्तरिक छलफलमा बसेकाले बैठक ५ बजेलाई सारिएको थियो। तर बैठक अहिले पनि नटुंगिएकोले उनी नजाने भएका हुन्।

आइतबार प्रतिनिधिसभाको बैठक बोलाइएको छ। एमसिसी पारित गर्नका लागि सत्तारूढ गठबन्धनमा सहमति हुन नसकिरहेका बेला कांग्रेस र एमालेबीच सघन छलफल चलिरहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति