काठमाडौं, १४ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता सुरु भएको छ।
ओलीका प्रेस संयोजक रामशरण बजगाईंले प्रधानमन्त्री देउवा देउवा बालकोट पुग्नुभएको र भर्खरै छलफल सुरु भएको जानकारी दिए ।
यसअघि अपराह्न ४ बजेदेखि बालकोटमै नेपाली कांग्रेस र नेकपा एमालेका दोस्रो तहका नेताहरूबीच छलफल भएको थियो। छलफलमा कांग्रेसबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा तथा एमालेबाट महासचिव शंकर पोखरेल, उपहासचिव विष्णु रिमाललगायत नेताहरुले छलफल गरेका थिए ।
प्रतिक्रिया