काठमाडौं, १४ फागुन । पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ ।
प्राइमटाइम टेलिभिजन परिसरबाटै नियन्त्रणमा लिइएको जनाएको छ ।। बानेश्वर प्रहरी वृत्तले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जनाएको छ ।प्रहरीले सो चलचित्रकी नायिका पुजा शर्मालाई पनि नियन्त्रणमा लिने तयारी रहेको स्रोतले बतायो ।यतिबेला सामाजिक सञ्जालमा पलले एक नाबालिका गायिकालाई बलात्कार गरेको भनेर पक्ष विपक्षमा तर्कहरू आइरहेका छन् ।
पल शाह प्रकरण : चलचित्रका निर्माता पक्राउ, पुजालाई पनि पक्राउ गर्ने तयारी
प्रतिक्रिया