ओली फेरि सत्तामा आए नेपाल सिध्याइदिन्छन् : अध्यक्ष नेपाल

काठमाडौं, १४ फागुन । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्री समेतरहेका अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई इन्डोप्यासिफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरुले बचाएको दाबीसमेत गरे ।

शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उनले ओली नेतृत्वको अघिल्लो सरकारका मन्त्री प्रदीप ज्ञवालीले अमेरिकामा गएर नेपाललाई इन्डो–प्यासिफिक रणनीतिको अंग बनाउने समझदारीमा हस्ताक्षर गरेको तर आफूहरुले विरोध गरेपछि अमेरिकाले हटाएको बताए । नेपाललाई इन्डो(प्यासिफिक रणनीतिको अंग बनाएर ओलीले सिध्याउने प्रयास गरे पनि आफूहरुले विरोध गरेर बचाएको अध्यक्ष उनको तर्क थियो । फेरि ओली सत्तामा आए इन्डो(प्यासिफिक रणनीतिको अंग बनाएर नेपाललाई सिध्याउने आरोप लगाउँदै उनले त्यसो हुन नदिन पनि सत्तारुढ गठबन्धनलाई जोगाउन लागि परेको बताए ।

ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर हटाउने सोच राखेको भन्दै नेपालले आक्रोशसमेत पोखेका छन् । अध्यक्ष नेपालले भने, ‘वामपन्थी र लोकतान्त्रिक शक्तिहरुको एउटा गठबन्धन अहिलेसम्म छ । के होला भोलि भन्ने सबैको मनमा कौतुहल चलिरहेको छ । र, कतिपयले त तुरुन्तै भत्काउनुपर्छ भनिराखेका छन, सर्त राखेर । पूर्वाग्रहपूर्ण सर्त छ । सभामुखलाई सिध्याउनुपर्छ महाअभियोग लगाएर, मुन्ट्याएर निकाल्नुपर्छ । माधव नेपालसहितको १४ जनालाई सिध्याइदिनुपर्छ । मुन्टयाएर निकालिदिनुपर्छ । कस्तो अपराधपूर्ण चिन्तन रु अनि यस्ता चिन्तन राख्ने मानिसहरु पानीमुनि लुकेर बसेका छन् भने पनि सिध्याउछु भनेर कराउँछन । यस्ता खालका तत्वहरु नेपाली समाजमा, राजनीतिमा कहाँबाट आए रु’

एमसीसीलाई यथास्थितिमा पास गर्न नसकिने उल्लेख गर्दै नेपालले भने, ‘एमसीसी कहाँ(कहाँ जोडिएको छ त रु यो इन्डोप्यासिफिक अंग बनाएर आएको छ । यो अंग बनायो कसले रु वामपन्थी भनिने केपी ओलीको आफ्नै मन्त्री प्रदीप ज्ञवालीले गएर नेपाललाई इन्डोप्यासिफिक रणनीतिको अंग बनाउने कागजमा सही गरेर आए । त्यसपछि नेपाल त्यसको अंग बन्यो । पछि श्रीलंकाको नाम काटियो । नेपालको नाम रह्यो । जब नेपालमा त्यसको हामीले जोडदार विरोध ग¥यौं । त्यसैको कारण अहिले बल्ल त्यसमा नेपालको नाम काटिन पुगेको छ । यो नेपाली जनताको संघर्षबाट भएको हो । केपी ओलीले सिध्याइसकेका थिए, नेपाललाई इन्डोप्यासिफिक अंग बनाउनका लागि । केपी आएपछि त फेरि सिध्याइदिन्छन् । फेरि बनाइदिन्छन । त्यो हुनाले हामी रह्यौं भने त्यो बन्दैन ।’ अध्यक्ष नेपालले यथास्थितिमा एमसीसी संसद्‍बाट पारित गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पनि दोहोर्‍याए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति