काठमाडौ, १३ फागुन । सर्वोच्च अदालतमा स्वचालित पेशी व्यवस्थापनका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले प्रतिवेदन बुझाएको छ।
शुक्रबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई समितिले प्रतिवेदन बुझाएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।
स्वचालित पेशी व्यवस्थापनका सम्बन्धमा यसअघि भएका अध्ययन प्रतिवेदनहरू समेतको अध्ययन गरी सुझावसहितको प्रतिवेदन बुझाएको सर्वोच्चले जानकारी दिएको छ। न्यायाधीश कार्कीको संयोजकत्वमा नेपाल बार एसोसिएसन लगायत सहभागी समितिले विस्तृत अध्ययन गरेर प्रतिवेदन तयार गरेको हो।
सर्वोच्च अदालत सुधारका लागि स्वचालित पेशी व्यवस्थापन लागू हुनु पर्ने यसअघि नै सुझाव दिएको थियो। तर यसको कार्यान्वयनका लागि समय लाग्ने भन्दै गोला प्रथाबाट पेशी तोक्न थालिएको थियो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई यसअघि समितिले प्रतिवेदन बुझाएको थियो। महाअभियोग लागेर उनी निलम्बनमा परेका बेला कामु प्रधानन्यायाधीश कार्कीलाई समितिले स्वचालित पेशी व्यवस्थापन कार्यन्वयन सम्बन्धी प्रतिवेदन बुझाएको हो।
प्रतिक्रिया