स्थानीय चुनावका लागि दल दर्ता गर्दै एमाले

काठमाडौं, १३ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गराउने भएको छ । आगामी वैशाख ३० गते हुने भनिएको स्थानीय निर्वाचन प्रयोजनका लागि शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गराउने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

दल दर्ताका लागि एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा साढे १२ बजे पार्टीको प्रतिनिधिमण्डल आयोग जाने भएको उपप्रमुख रिजालले जानकारी दिए ।सरकारले वैशाख ३० गतेका लागि स्थानीय निर्वाचनको घोषणा गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति