सरकारको आग्रहमा संसद बैठक स्थगित

काठमाडौं, १२ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले एक दिन समय मागेपछि आजको संसद बैठक स्थगित गरिएको हो ।
संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बैठक बस्न नसक्ने भएकाले भोलि शुक्रबार दिउँसो १ बजेका लागि राखिएको उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति