संसद बैठकअघि देउवा-प्रचण्ड वार्ता जारी


काठमाडौं, १२ फागुन । अमेरिकी सहयोग परियोजना एमसिसीसम्बन्धी सम्झौतामा छलफल गर्न संसद बैठक बस्नुअघि नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेट भएको छ।देउवालाई भेट्न प्रचण्ड बिहीबार बिहान उनको सरकारी निवास बालुवाटार पुगेका थिए।

देउवा र प्रचण्डबीच अहिले कुराकानी भइरहेको छ।संसदमा टेबल भएको एमसिसी सम्झौताका विपक्षमा उभिने माओवादीले निर्णय गरेको छ।सत्ता गठबन्धनबाट एमसिसी पारित गर्न नसकिने भए प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को साथ लिएर भए पनि पास गर्ने प्रधानमन्त्री देउवाको तयारी छ। त्यसका लागि उनले एमाले अध्यक्ष ओलीसँग सघन वार्ता गरिरहेका छन्। एमसिसीबारे छलफल गर्ने कार्यसूची भएको संसद बैठक दिउँसो १ बजे बस्दैछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति