विश्वभर कोरोना निको हुनेको दर बढ्दै

काठमाडौं, १२ फागुन । विश्वभर कोरोना भाइरसको नयाँ संक्रमित थपिनेभन्दा निको हुने दर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा यो खबर तयार पार्दासम्म १७ लाख ४६ हजार संक्रमित थपिँदा २३ लाख ६५ हजार निको भएका छन्।योसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४२ करोड ९७ लाखभन्दा धेरै भएको छ। जसमध्ये ३५ करोड ८२ लाख निको भएका छन्। कोरोनाले अहिलेसम्म विश्वभर ५९ लाख ३५ हजारको मृत्यु भएको वल्डोमिटरले उल्लेख गरेको छ।

२४ घण्टामा मात्रै ९ हजार ९ सय २५ जनाको मृत्यु भएको छ। अझै पनि विश्वभर ६ करोड ५५ लाख सक्रिय संक्रमित छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति