सभामुख सापकोटा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, ११ फागुन । सभामुख अग्निप्रसाद सापकोटा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बीच भेटवार्ता भएको छ।भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी बारे छलफलको सम्भावित कार्यसूची सार्वजनिक भइरहँदा प्रचण्ड र सापकोटाबीच भेटवार्ता भएको हो ।
प्रचण्ड सभामुखलाई भेट्नका लागि लैनचौरस्थित निवास पुगेका थिए । भेटमा माओवादी केन्द्रका नेता नारयणकाजी श्रेष्ठ पनि थिए । एमसीसीको विपक्षमा जाने निर्णय गरेको नेकपा माओवादी केन्द्र यतिबेला संकटमा परेको छ ।

सत्ता गठबन्धनको नेतृत्वकर्ता कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी पास गर्ने पक्षमा छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति