नेप्से साढे १५ अङ्कले घट्यो, कारोबार रकम तीन अर्ब माथि

काठमाण्डौ, ११ फागुन । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ५० अङ्कले घटेर दुई हजार सात सय २० दशमलव ४३ विन्दुमा झरेको छ ।

जलविद्युत् समूहको शेयर झन्डै ३६ अङ्कले बढेको छ । अरू सबै समूहको शेयर भने घटेर राताम्मे भएको छ । बीमा, अन्य र व्यापार समूहको शेयर उच्च अङ्कले घटेको छ । दुई सय २८ कम्पनीका ६२ लाख ४७ हजार कित्ता शेयर तीन अर्ब १३ करोड १२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १९ करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भयो । दिव्येश्वरी हाइड्रो र युनाइटेड मर्दी हाइड्रोको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै घलेम्दी हाइड्रोको शेयर नौ दशमलव २२ प्रतिशतले बढेको छ । सपोर्ट लघुवित्त र नेपाल फाइनान्सको शेयर भने साढे तीन प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति