यूएईसँगको खेलमा नेपाल बलिङ गर्दै

काठमाण्डौ, १० फागुन । आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटको सेमिफाइनलमा यूएईसँगको खेलमा नेपालले बलिङ गरिरहेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर यूएईले ब्याटिङ राेजेकाे हो ।

आज भइरहेकाे सेमिफाइनलमा यूएईलाई हराउन सके नेपालले आउँदो अक्टोबर र नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्न पाउनेछ । नेपाल समूह ‘बी’ को विजेता र यूएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । आजको खेलमा नेपालले एक जना परिवर्तन गरेको छ । कुशल मल्लको ठाउँमा विवेक यादवले मौका पाएका छन् । युएईले १६ ओभरमा २ विकेट गुमाउँदै १३६ रन बनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति