काठमाडौं, १० फागुन । एक हप्ता अगाडि सुनसरीको धरान ४ स्थित जङ्गलमा भेटिएको शव झापाका दिपक सिग्देलको भएको खुलेको छ । प्रहरीका अनुसार उक्त शव दमक ५ का ४३ वर्षीय दिपक सिग्देलको हो ।
सुनसरी प्रहरीका अनुसार सोमबार अबेर उनको पहिचान भएको हो । सिग्देलका परिवारले शवको सनाखत गरेका हुन् । सिग्देल भर्खरै वैदेशिक रोजगारीबाट आएका थिए ।गत बुधबार सो स्थानमा बोरामा मान्छेको टाउको तथा दाहिने खुट्टा एउटामा र त्यसको भोलिपल्ट बिहान घटनास्थलबाट उत्तर धरधरे भन्ने स्थानमा अर्को बोरामा बाँकी शरीर भेटिएको थियो ।
प्रतिक्रिया