मध्यबानेश्वरबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ

काठमाडौं, १० फागुन । मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।अनलाइनबाट जुवा खेलाउने, धम्क्याउने गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । थप अनुसन्धान सुरु गरिएको काठमाडौं प्रहरी परिसरका एसपी दीनेशराज मैनालीले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति