चारा घोटालामा बिहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई ५ वर्ष कैद

पटना, ९ फागुन । भारतीय राज्य बिहारका पूर्वमुख्यमन्त्री एवं राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवलाई चारा घोटाला मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएको छ।

बिबिसी हिन्दीका अनुसार झारखण्डस्थित सिबिआईको विशेष अदालतले चारा घोटालाको पाँचौं मुद्दामा यादवलाई ६० लाख भारू जरिवाना तिराउने निर्णय पनि गरेको छ। झारखण्डसँग जोडिएको चारा र पशुपालन घोटालाको अन्तिम मुद्दा थियो। १५ फेब्रुअरीमा अदालतले यादवलाई यो मुद्दामा दोषी ठहर गरेको थियो।२०१७ मा चारा र पशुपालन घोटालाका अन्य मुद्दामा दोषी ठहर भएका यादवले ८ महिना जेलमा बिताएका छन् भने ३१ महिना अस्पतालमा बसेका छन्।

अहिले उनी जमानतमा रिहा भएका थिए।सन् १९९० देखि १९९४ को बीच देवघर कोषागार ९ट्रेजरी०बाट पशुका लागि चारा बाँड्ने नाममा ८९ लाख २७ हजार भारतीय रुपैयाँ निकालिएको थियो।

जतिबेला लालु बिहारका मुख्यमन्त्री थिए। यसपछि सन् १९९६को सुरूदेखि नै यस प्रकरणको हल्ला सुरू भएको थियो।यस मामलामा कूल ३८ जना आरोपी थिए। सिबिआईले यी सबै विरूद्ध २७ अक्टोबर १९९७ मा मुद्दा दर्ता गरेको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति