नेप्से २५ अङ्कले बढ्यो, तीन अर्ब रुपैयाँको कारोबार

काठमाण्डौ, ९ फागुन । नेप्से आज २५ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात सय १८ दशमलव ५१ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेको छ ।

दुई सय २५ कम्पनीका ४९ लाख ९२ हजार कित्ता शेयर दुई अर्ब ९९ करोड ९७ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको २६ करोड ५० लाख रुपैयाँको शेयर किनबेच भयो । युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले र गुराँस लघुवित्त कम्पनीको शेयर साढे नौ प्रतिशतले बढेको छ । कालिका लघुवित्त कम्पनीको शेयर भने झन्डै दुई प्रतिशतले घटेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति