केन्द्रीय समितिको बैठक बोलाउन भट्टराई पक्षले थाल्यो हस्ताक्षर संकलन

काठमाडौं, ९ फागुन । जनता समाजवादी पार्टी (जसपा)मा डा. बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन गरेको छ । अध्यक्ष उपेन्द्र यादवले भने १३ फागुनमा कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।जसपामा संघीय परिषद्का अध्यक्ष डा. भट्टराई र अध्यक्ष यादवबीच चर्को विवाद छ ।

भट्टराईले अशोक राईको समेत साथ लिएर पार्टीमा बहुमत जुटाउने र कार्यकारी अधिकार लिने प्रयास गरेका छन् । तर अहिलेसम्म न राईले साथ दिएका छन्, न अध्यक्ष यादवले केन्द्रीय समितिको बैठक बोलाएका छैनन् ।अध्यक्ष यादवले सोमबार भने १३ फागुनका लागि कार्यकारिणी समितिको बैठक भने बोलाएका छन् ।

‘३ महिनादेखि केन्द्रीय समितिको बैठक माग गर्दै आएका छौं, अध्यक्ष तयार हुनु भएको छैन,’ एक कार्यकारिणी सदस्य भन्छन्, ‘१३ फागुनमा कार्यकारिणी समिति बैठक भनेर भर्खर कार्यलयबाट खबर आएको छ ।’कार्यकारिणी लगतै केन्द्रीय समितिको बैठक राख्नुपर्ने भट्टराई पक्षका नेताहरुको दाबी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति