पत्रकार पकुवालको निधन

झापा, ९ फागुन । झापाको भद्रपुर निवासी पत्रकार माया पकुवालको ५४ वर्षको उमेरमा आज बिहान निधन भएको छ । रुघाखोकी र निमोनिया सङ्क्रमणले सताएपछि उनी १० दिनअघि भद्रपुरस्थित ओमसाइ पाथीभरा अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उपचारकै क्रममा उनको आज विहान निधन भएको हो ।

भद्रपुरबाट प्रकाशित हुने बरुण साप्ताहिककी सम्पादक पकुवालका श्रीमान् र दुई छोरी हुनुहुन्छ । पकुवालको निधनप्रति दुःख व्यक्त गर्दै नेपाल पत्रकार महासङ्घ झापाले शोक विज्ञप्ति जारी गरी लामो समय मिर्गौलाको समस्यासँग जुध्दै आएकी पकुवालको निधनले झापाली पत्रकारिता क्षेत्रले एक अग्रज पत्रकार गुमाएको बताएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति