एमाले केन्द्रीय विभाग प्रमुखहरूको बैठक : समन्वयात्मक रूपमा काम अघि बढाउने निर्णय

काठमाडौं, ९ फागुन । एमाले केन्द्रीय विभागका प्रमुखहरूको बैठक सम्पन्न भएको छ । आज बसेको बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरूको उपस्थिति रहेको एमालेले जनाएको छ ।

एमाले महासचिव शंकर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझाव दिन र आ–आफ्नो क्षेत्रका काम अघि बढाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिए । बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका साथै विभागका प्रमुखहरूले पार्टी कामका सन्दर्भमा धारणा राखेको एमालेले जनाएको छ ।

विभागहरूलाई छिट्टै पूर्णता दिने, कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मक रूपमा काम अघि बढाउने निर्णय भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति