पुस्तक समीक्षाः गहकिला ‘प्रश्न’का फराकिला उत्तर

काठमाडौँ, ९ फागुन । लेखक, साहित्यकार एवं स्रष्टाका दिनचर्या, जीवनी र अभिव्यक्तिले अन्यलाई पनि प्रेरणा दिन्छ नै, ती स्वयंको व्यक्तित्वको चर्चा भई जनमानसमा छाप छाड्छ । साहित्यिक गतिविधि भइरहने हेटौँडामा क्रियाशील उदय अधिकारीले नेपाली साहित्यका विभिन्न विधामा चर्चित ६ साहित्यकारसँग गरेको ‘प्रश्न’ (२०७८, शिखा बुक्स) बजारमा आएको छ ।

चितवनमा जन्मी हेटौँडा सरेका अधिकारीले नाटककार तथा कवि अभि सुवेदी, कवि, उपन्यासकार तथा नाटककार सरुभक्त, कवि, निबन्धकार तथा पत्रकार श्यामल, कवि तथा नाटककार श्रवण मुकारुङ र कवि तथा अनुवादक मनु मञ्जिलसँगको हिमचिमपछि गरेको अन्तरङ्ग यसमा समेटिएका छन् । हेटौँडा बहुमुखी क्याम्पसका सहप्राध्यापक अधिकारीले करीब एक दशकबीचमा गरेको परिश्रमस्वरूप आएको ‘प्रश्न’ मा उल्लिखित नेपाल र विश्वसाहित्यका विविध पक्षले पाठकलाई ज्ञानोदय गराउँछ । आफैँ विभिन्न पत्रपत्रिका एवं अनलाइनमा लेखिरहने कृतिकारले विश्वसाहित्यसँग गरेको एकाकारले हाम्रो क्षितिजलाई पनि फराकिलो गराउँछ । नेपाल र विश्वसाहित्यका गम्भीर अध्येता तथा अनुवाद र अन्तर्वार्ता लिन कहलिएका अधिकारीका ‘प्रश्न’ परिपक्व रहेकाले उत्तरदाताहरू वस्तुगत हुन बाध्य छन् र भाग्न सकेका छैनन् ।

धेरै गम्भीर पाठक अधिकारीको वर्णविन्यासमा भने यति धेरै गल्ती क्षम्य हुन सक्दैन, किनभने एकै लेखकका नाम पनि विभिन्न पानामा फरक फरक लेखिएको छ भने चलनचल्तीमा आउने थुप्रै शब्द विकृत भएका छन् । कृतिको नाम र आवरणले भने पाठकको ध्यानाकर्षण गर्छ भने विश्वास लिन सकिन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board