एमसीसीमा अमेरिका-चीन जुहारीपछि नेपालले भन्योः राष्ट्रिय आवश्यकताअनुसार विकास सहायता लिन्छौँ

काठमाण्डौ, ८ फागुन । परराष्ट्र मन्त्रालयले नेपालको सार्वभौम संसद्ले नै नेपालले लिने कुन विकास सहायता ठिक छ भनेर निर्णय गर्ने जनाएको छ । अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल भएपछि मन्त्रालयले आज एक विज्ञप्ति मार्फत नेपालले अहिलेसम्म देश र नागरिकको आवश्यकता र देशको हितलाई आधार मानेर विदेशी सहायता लिइरहेको उल्लेख गरेको छ ।
एमसीसीतर्फ इङ्गित गर्दै मन्त्रालयले नेपालको राष्ट्रिय हित र प्राथमिकताका सर्तहरू हेरेर मात्रै सरकारले विकास सहायता स्वीकार गर्ने निर्णय गरेको र अब यसको छिनोफानो सार्वभौमसत्ता सम्पन्न संसदले नै गर्ने उल्लेख गरेको छ । नेपालले सधैँ स्वतन्त्र, सन्तुलित र असंलग्न परराष्ट्रको खोजी गर्दै आएको र यो नीति अनुसार आफ्नो राष्ट्रिय आवश्यकता र प्राथमिकताअनुसार विकास सहायताको उपयोग गरेको परराष्ट्रले जनाएको छ । मित्र देशका विकास सहायताले देशको पूर्वाधार निर्माणमा विकास सहायताले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सरकारले सहयोग गर्ने देशहरूलाई धन्यवाद दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति