कोरोना अपडेटः थप दुइ सय ६२ जना, चार जनाको मृत्यु

काठमाण्डौ, ८ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा दुइ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी नौ हजार आठ सय पन्ध्र जनाको नमूना परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण थप चार जनाले ज्यान गुमाएका छन् भने पछिल्लो २४ घण्टामा एक हजार तीन सय ३८ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १२ हजार दुइ सय ४४ जनामा झरेको मन्त्रालयले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा ३३ हजार दुइ सय ५४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति