‘ए’ डिभिजन लिगमा जावलखेलले हिमालयनलाई हरायो

काठमाण्डौ, ८ फागुन । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेकाे छ ।

दशरथ रङ्गशालामा आज भएको खेलमा जावलाखेलले हिमालयनलाई दुई–एक गोलले हराएको हो । जावलाखेलका रुपबहादुर लामा र ओङगुना जुनियरले गोल गरे । खेलको १५ औँ मिनेटमा रुपबहादुर लामाले गोल गरी जावलाखेललाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको ७१ औँ मिनेटमा हिमालयनका अमृत श्रेष्ठले गोल गरी बराबरीमा ल्याए । तर खेलको ८८ औँ मिनेटमा ओङगुना जुनियरले गोल गरेपछि जावलाखेल विजयी भयो । जितसँगै जावलाखेल रेलिगेशनमा पर्ने सम्भावना लगभग टरेको छ । जावलाखेल १२ खेलमा १३ अङ्कका साथ अङ्क तालिकाको नवौँ स्थानमा छ । समान खेलमा १३ अङ्क नै रहेको हिमालयन दशौँ स्थानमा छ । यस्तै आज बेलुका पौने ५ बजे दशरथ रङ्गशालामै मनाङ मर्स्याङ्दी क्लब र न्यु रोड टिम (एनआरटी) खेल्दैछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति