नेप्से ३९ अङ्कले घट्याे, चार अर्ब आठ करोडको कारोबार

काठमाण्डौ, ८ फागुन । सप्ताहको पहिलो दिन शेयर बजार घटेकाे छ । नेप्से आज ३९ दशमलव चार अङ्कले घटेर दुई हजार ६ सय ९३ दशमलव १० विन्दुमा झरेको छ ।

अन्य समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर राताम्मे भएको छ । विकास बैंक, बीमा, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । दुई सय ३० कम्पनीका ७१ लाख २२ हजार कित्ता शेयर चार अर्ब आठ करोड ६४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै जीवन विकास लघुवित्त कम्पनीको ५८ करोड रुपैयाँको शेयर किनबेच भयो । बोनस र नगद गरी लगानीकर्तालाई ७३ प्रतिशत लाभांश दिने घोषणा गरेको जीवन विकास लघुवित्तको शेयरमा आकर्षण बढेको हो । नारायणी विकास बैंक, युनाइटेड इन्सुरेन्स, रुरु जलविद्युत् र प्रभु लाइफ इन्सुरेन्सको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि युनाइटेड मर्दी हाइड्रोपावरको शेयर १० प्रतिशत र तेह्रथुम पावर कम्पनीको शेयर साढे आठ प्रतिशतले बढेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति